FAQs Complain Problems

ठाकुरबाबा नगरपालिकाकाे संक्षित परिचय

राजनैतिक विभाजन अनुसार प्रदेश नम्बर पाँच (५)  बर्दिया  जिल्लाको मध्य उत्तर खण्डमा अवस्थित यस नगरपालिकाको पूर्वमा बबर्इ नदी, पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्ज, उत्तरमा पनि सोहि राष्ट्रिय निकुञ्ज  दक्षिणमा मधुवन नगरपालिका पर्दछ । साविकको ठाकुरद्वारा गा.वि.स.मा रहेको ठाकुरबाबा मन्दिरको नामबाट यस स्थानीय तहको नाम राखिएको हो । यस नगरपालिकाले १०४.५७ वर्ग किलोमीटर क्षेत्रफल ओगटेको छ भने साबिकका चारओटा बगनाह, नेउलापुर, शिवपुर र ठाकुरद्वारा गाउँ विकास समितिलाई गाभेर ९ वटा वार्डमा बिभाजन गरि सेवा प्रवाह गरिएको छ । जनगणना २०६८ अनुसार यस नगरपालिकाको जनसंख्या ४४,३१६ रहेको छ । उक्त जनसंख्याको साठी प्रतिशत बढी आदिवासीका रुपमा रहेको थारु जतिको छ । लैंगिक हिसाबले २४,४१३ महिला तथा १९,९४८ पुरष रहेका छन् । तर वार्षिक जनसंख्या वृद्धिदर, बाहिरबाट हुनेगरेको बसाईसराइ तथा वैदशिक रोजगार र अन्य शिलशिलामा देश बाहिर रहेको जनसंख्यालाई एकीकृत गर्ने हो भने आजका दिनमा यस नगरपालिकाको जनसंख्या लगभग साठी हजार हुनपुग्छ । तर पनि यस नगरपालिका भित्र आजका दिनमा ८,६५२ घरधुरीमा रहेका  जनतासंग शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, ढल निकास, सिचार्इ, कृष्षि, पर्यटन, जैविक विविधता, वन र वन्यजन्तु, सहकारी, बजार, सृचना प्रविध, बिधुत्त, सञ्चार र प्राकृतिक प्रकोप, लगायतका थुप्रै क्षेत्रसंग सम्बन्धित संभावना र चुनौती दुवै छन् ।