FAQs Complain Problems

समाचार

ठाकुरबाबा नगरपालिकाकाे संक्षित परिचय

लुम्बिनी प्रदेश अन्तर्गत वर्दिया जिल्लाको साविकका बगनाहा, नेउलापुर, शिवपुर र ठाकुरद्वारा गाउँ विकास समितिलाई गाभेर ठाकुरद्वारामा रहेको ठाकुरद्वार मन्दिरको नामबाट यस ठाकुरबाबा नगरपालिकाको स्थापना २०७३ फाल्गुण २७ मा भएको हो । संघीय प्रणाली अनुसार यो नगरपालिका बर्दिया निर्वाचन क्षेत्र नं २ र प्रदेश सभा निर्वाचन क्षेत्रको आधारमा २(क) मा पर्दछ । यस नगरपालिका भौगोलिक सिमाना, भौतिक पूर्वाधार तथा सामाजिक मुल्य मन्यताको आधारमा ९ ओटा वडा विभाजन गरिएको छ । भौगोलिक हिसाबले यस ठाकुरवावा नगरपालिका पुर्वमा बर्दिया राष्ट्रिय निकुन्ज, पश्चिममा बर्दिया राष्ट्रिय निकुन्ज, उत्तरमा बर्दिया राष्ट्रिय निकुन्ज र दक्षिणमा मधुवन नगरपालिका र राजापुर नगरपालिका पर्दछ । २०७६ को खनेपानी सरसफाई तथा स्वच्छता (वास) योजना घरधुरी सर्वेक्षणको आधारमा यस नगरपालिकाको १०,४५४ घरधुरी र कुल जनसँख्या रहेको ५७,२०४ जस मध्ये पुरुष २८,८६० महिला २८,३४४ र अन्य १ जना रहेको छ । यो नगरपालिकाको अक्षांश २८ डिग्री २३ मिनेट देखि २८ डिग्री २३ मिनेट उत्तरी अक्षांशसम्म, ८१ डिग्री ११ मिनेटदेखि ८१ डिग्री १९ मिनेट पूर्वी देशाान्तरसम्म फैलिएको यस नगरपालिकाको कुल क्षेत्रफल १०४.५७ वर्ग किलोमिटर रहेको छ । यहाँको जनघनत्व ५३४ रहेको छ । सरदर सामुन्द्रिक सतहबाट १७५ मिटरको उचाईमा रहेको यहाँको बार्षिक औषत तापक्रम न्युनतम ८ डिग्री सेल्सीयस देखि अधिकतम ४३ डिग्री सेल्सीयस र औषत वार्षिक बर्षा ११२० मि.लि.हुने गरेको छ ।
  यातायातको आंशिक विकास भएको यस क्षेत्र जिल्ला सदरमुकाम गुलरीयाबाट २२ किलोमिटर दुरीमा उत्तर पश्चिममा अवस्थित छ । प्रसाशनिक कामका लागी सदरमुकाम जाने भएता पनि दैनिक उपभोग्य बस्तु किनमेलको लागि यहाँका बासिन्दाहरु यसै नगरपालिका अन्तर्गत पर्ने भुरीगाँउ बजार, बगनाहा बजार, बकुवा बजार, ठाकुरद्वारा बजार, शाहीपुर बजारबाट गर्ने गरको पाईन्छ । नगरपालिकाबाट मुख्य राजमार्ग भएर जुनसुकै वेला अन्य जिल्ला तथा भुरीगाँउ ढोढरी मार्गले गुलरीया सदरमुकामलाई जोडेको छ जसले गर्दा मानिसहरुलाई आवतजावत गर्न सजिलो भएको छ ।