FAQs Complain Problems

समाचार

संगठनात्मक स्वरुप

ठाकुरबाबा नगरपालिकाको शाखागत कार्यविवरण

१. योजना तथा प्रशासन शाखा :

क. कर्मचारी प्रशासन :

  • कर्मचारीहरूको स्थाई, अस्थाई, करार रिक्तै पदहरुको पदपूर्ति सम्बन्धी कार्यहरू ।
  • नयाँ नियुक्ति र बढुवा भई आएका कर्मचारीहरूको पदस्थापन सम्बन्धी कार्यहरू ।
  • कर्मचारीहरुको सरुवा तथा काज सम्बन्धी कार्यहरू ।
  • कार्यरत कर्मचारीहरूको हाजिरी अभिलेख, घर विदा, अध्ययन बिदा, असाधारण विदा, अनिवार्य अवकाश तथा स्वैच्छिक राजीनामा तथा कारबाही सम्बन्धी कार्यहरू ।
  • कार्यालयको कर्मचारी समूहको दरबन्दीको लगत तथा सो दरबन्दीमा कार्यरत कर्मचारीहरूको व्यक्तिगत अभिलेख अद्यावधिक गर्ने कार्यहरू,
  • कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी कार्यहरू,
  • कार्यरत कर्मचारीहरूलाई विभिन्न पुरस्कार तथा पदकका लागी सिफारिस सम्बन्धी कार्यहरू,
  • निजामति सेवा ऐन तथा नियमावलीअनुसार 'स्वीकृत दिने सम्बन्धी कार्यहरू,
  • संगठन व्यवस्थापन सर्वेक्षण समितिको बैठक आयोजना गर्ने, संगठन व्यवस्थापन सर्वेक्षण प्रतिवेदन तयार गर्ने, स्वीकृत भएपछि कार्यान्वयनका लागी सम्वन्धित निकायमा लेखी पठाउने।
  • कर्मचारीहरुको अभिलेख व्यवस्थापन ।
  • प्रचलित कानून बमोजिम सम्पादन गर्नु पर्ने कार्यहरु ।

ख. योजना तथा अनुगमन :

  • स्वीकृत वार्षिक कार्यक्रम तथा बजेटको कार्यान्वयन, अनुगमन, अभिलेखीकरण  सम्बन्धी कार्यहरु ।
  • नगरपालिकाको चौमासिक, वार्षिक एवम्‌ आवश्यकता अनुरूपको प्रगति प्रतिवेदन सम्बन्धी कार्य।
  • विभिन्न संघ संस्थाहरूको साझेदारी हुने योजना तथा कार्यक्रमहरुको कार्यान्वयन, अनुगमन, अभिलेखीकरण तथा प्रतिवेदन सम्बन्धी कार्यहरु ।
  • आगामि आ. व. को वार्षिक बजेट तथा कार्यक्रमको निमार्ण तयारी सम्बन्धी कार्यहरु ।
  • वार्षिक स्वीकृत कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयनको लागि, उपभोक्ता समिति तथा वडा कार्यालयहरु संग समन्वय तथा सहजिकरण सम्बन्धी विभिन्न कार्यहरु ।
  • नगरपालिकाको दीर्घकालीन, आवधिक र वार्षिक योजना तर्जुमा तथा सोको कार्यान्वयन सम्बन्धी कार्यहरु ।
  • उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यहरु साथै अध्यक्षज्यू/प्रमुख प्रशासकीय अधिकृतज्यूको निर्देशन तथा समन्वय अनुसारका विभिन्न कार्यहरु ।

२. आर्थिक प्रशासन शाखा :

ठाकुरबाबा नगरपालिका र अन्तर्गतको आर्थिक प्रशासनको सञ्चालन गर्ने ।

  • कारोबारको लेखा राख्ने र सो को अभिलेखको व्यवस्थापन गर्ने ।
  • सबै प्रकारका कारोबारको निर्धारित ढाँचामा मासिक तथा वार्षिक आर्थिक विवरण तयार गर्ने।
  • सम्बन्धित निकायमा आवधिक नियमित तथा पटके प्रतिवेदन गर्ने ।
  • आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराउने ।
  • ठाकुरबाबा नगरपालिका र अन्तर्गत कार्यालयहरूको बजेट तयार गर्ने गराउने, छलफल गर्ने।
  • अन्तर्गतका कार्यालयहरूको बजेट बाँडफाँड तथा खर्च गर्ने अख्तियारी तयार गर्ने ।
  • आवश्यक अनुसार थप बजेट र निकासा प्राप्त गरी बाडफाँड गर्ने ।
  • बेरुजूको लगत राख्ने, संपरिक्षण, फर्छ्यौट र प्रतिवेदन गर्ने ।
  • ठाकुरबाबा नगरपालिकाको सञ्चालन सँग सम्बन्धित अन्य आवश्यक आर्थिक कार्यहरू गर्ने

३. सूचना तथा प्रविधि शाखाः

  • ठाकुरबाबा नगरपालिकाको कार्यालयको सूचना प्रविधि नीतिको कार्यान्वयन गर्ने ।
  • विकास भइसकेको प्रणालीहरूको सुधार तथा परिमार्जन सम्बन्धी कार्य गर्ने ।
  • नेटवर्किङ इन्टरनेट वाइफाइको कनेक्टिभिटि सिसिटिभि आदिको व्यवस्थापन गर्ने।
  • वेभसाइट तथा इमेल व्यवस्थापन गर्ने ।
  • सञ्चालित विभिन्न प्रणाली सञ्चालनमा आइपर्ने समस्याहरूको समाधान गर्ने ।
  • सूचना प्रविधि सम्बन्धी हार्डवेयर तथा सफ्टवयेर सपोर्ट गर्ने ।
  • सूचना प्रविधिसँग सम्बन्धित तालिम संचालन गर्ने ।
  • सूचना प्रविधि उपकरण तथा प्रणालीको मर्मत सम्भार सम्बन्धी कार्य गर्ने ।
  • सूचना प्रविधि सम्बन्धी अन्य आवश्यक कार्यहरु गर्ने ।

४. पूर्वघार विकास तथा वातावरण व्यवस्थापन शाखाः

क. सडक तथा अन्य पूर्वधार विकास :

  • सडक मापदण्ड निर्धारण तथा मापदण्डको कार्यान्वयन ।
  • सडक योजनाको लागत अनुमान तयार तथा कार्यसम्पादनको आधारमा प्रतिवेदन तयार गर्ने ।
  • कल्भर्ट, नाली, पुल, सिचाई, खानेपानी, पार्क लगायत पूर्वाधार निर्माण सम्बन्धी कार्य गर्ने।
  • ग्रामीण तथा कृषि सडक र सिँचाई सम्बन्धी नीति, कानुन, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा कार्यान्वयन अनुगमन र नियमन कार्य गर्ने।
  • ग्रामीण तथा कृषि सडक झोलुङ्गे पुल, पलेसा, सिँचाई र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा कार्यान्वयन मर्मत सम्भार र नियमन कार्य गर्ने।
  • सिँचाइ प्रणालीको निर्माण सञ्चालन, रेखदेख, मर्मत सम्भार, स्तरोन्ती अनुगमन र नियमन कार्य गर्ने। "

ख. भवन तथा बस्ती विकास:

  • जग्गाको नाप नक्सा, कित्ताकाट, हाल साविक, रजिष्ट्रशन नामसारी तथा दाखिला खारेज गर्ने ।
  • भूमिको वर्गिकरण अनुसारको लगत गर्ने।
  • नापि नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा समन्वय र्‌ सहजिकरण ।

ग. वातावरण सरसफाई तथा विपद्‌ व्यवस्थापन :

  • विपद्‌ पूर्व तयारी तथा प्रतिकार्य योजना, पूर्व सूचना प्रणाली, खोज तथा उद्धार, राहत सामाग्रीको
  • पूर्व भण्डारण वितरण र सम्नवय।
  • तटबन्ध, नदि र पहिरोको नियन्त्रण तथा नदिको व्यवस्थापन गर्ने।
  • विपद्‌ जोखिम क्षेत्रको नक्साङ्कन तथा वस्तिहरूको पहिचान गर्ने।
  • विपद्‌ व्यवस्थापनमा सङ्घ, प्रदेश स्थानीय समुदाय, सङ्घ संस्था तथा निजी क्षेत्रसँग सहयोग समन्वय र सहकार्य गर्ने।
  • विपद्‌ व्यवस्थापन कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन गर्ने।

५. राजश्व शाखाः

  • अनलाइन तथा राजश्व सफ्टवेयर माध्यमबाट राजश्व संकलन गर्ने ।
  • सबै वडा कार्यालयमा अनलाइन तथा राजश्व सफ्टवेयर चलाउन प्रत्यक्ष भेटेर राजश्व संकलन गर्ने ।
  • वडा बाट उठाएको राजश्च सिधै बैकमा दाखिला गर्ने ।
  • नदि जन्य पदार्थको निकासी गर्न ठेक्का लागु हुनु भन्दा अगाढी नगरपालिकाबाट कर्मचारी खटाई राजश्व संकलन गर्ने ।
  • दहत्तर बहत्तर ठेक्का सम्बन्धी काम गर्ने ।
  • अवैध रूपमा नदि जन्य पदार्थको निकासी पैठारी तथा उत्खनन‌ गर्ने कार्य कम गर्ने त्यसता कार्य गर्नेलाई राजश्व तिर्न लगाउने ।
  • नगरपालिकामा रहेको ब्याकहोलोडर बाट योजना तथा व्यक्तिगत प्रयोजनमा उठाउने सबै रकम सडक मर्मत संभार कोषमा जम्मा गर्ने ।

६. स्वास्थ्य शाखा :

  • स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन ।
  • औषधी तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण गर्ने ।
  • औषधी र स्वास्थ्य उपकरणको खरिद भण्डारण र वितरण गर्ने ।
  • स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन गर्ने ।
  • जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन गर्ने ।
  • सुर्ती मदिरा र लागू पदार्थ जन्य बस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने।
  • जनस्वास्थ्य आपत्कालिन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन गर्ने।
  • रोगको नियन्त्रण तथा रोकथाम गर्ने।

७. शिक्षा शाखाः

  • विद्यालयले स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक लागू गरे नगरेको सम्बन्धमा निरीक्षण गर्ने गराउने ।
  • सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूको तलव प्रतिवेदन पारित गराउने ।
  • विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गर्ने गराउने ।
  • कार्यपालिकाबाट स्वीकृत मापदण्डको आधारमा शिक्षकको सरुवा तयारी गर्ने ।
  • विद्यालय व्यवस्थापन समितिको सिफारिसमा समितिमा शिक्षकलाई विद्यालय समय बाहेक वा विद्यालयको नियमित पठन पाठनमा असर नगर्ने गरी अतिरिक्त समयमा अन्यन्त्र कार्य गर्नु पुर्व स्वीकृत प्रदान गर्ने ।
  • शिक्षकको गुणस्तर बढाउनको लागि शिक्षक प्रधानाध्यापक तथा व्यवस्थापन समितिका पदाधिकारीहरूको समय समयमा बैठक गोष्ठी वा तालिमको संचालन गर्ने।
  • नियुक्ति वा बढुवाको लागि आयोगबाट सिफारिस भई आएका शिक्षक वा कर्मचारीलाई विद्यालयमा नियुक्ति गर्ने ।
  • सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको सेवा विवरण तथा अन्य अभिलेख अद्यावधिक गर्ने गराउने ।
  • शिक्षक वा कर्मचारीको कार्यसम्पादन मुल्याङ्कन गरी त्यसको विवरण आयोगमा पठाउने ।
  • विद्यार्थी संख्या घटन गई फिजिलमा परेका सामुदायिक विद्यालयका शिक्षकलाई शिक्षकलाई अर्के सामुदायिक विद्यालयमा मिलान गर्ने शिक्षा समितिमा सिफारिस गर्ने ।
  • खेलकुदको संरचनाको पूर्वाधार निर्माण सञ्चालन तथा विकास गर्ने ।
  • खेलकुद विकास गर्ने ।
  • खेलकुद प्रशासन तथा संङ्घ संस्थाको नियमन र समन्वय गर्ने ।

. सामाजिक तथा आर्थिक विकास शाखा :

क. महिला बालबालिका तथा जेष्ठ नागरिक :

  • जेष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक परिचयपत्र वितरण सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण गर्ने ।
  • जेष्ठ नागररिक क्लव दिवा सेवा केन्द्र भेटघाट स्थल आश्रय केन्द्रको सन्चालन तथा व्यवस्थापन गर्ने ।
  • सङ्घ तथा प्रदेशसँग समन्वयमा अपाङ्गता पुरस्थापना केन्द्र जेष्ठ नागरिक केन्द्र तथा अशक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन गर्ने ।
  • सडक बालबालिका अनाथ असहाय अशक्त र मानसिक असन्तुलन भएका व्यक्तिहरूको पुनस्थापना केन्द्रको सञ्चालन व्यवस्थापन अनुगमन र नियमन गर्ने ।
  • जेष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य गर्ने।

 

 

 

ख. समाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता :

  • सामाजिक सुरक्षा भत्ता बैकिङ्ग प्रणाली मार्फत सञ्चालन गर्ने ।
  • सामाजिक सुरक्षा तथा गरिब निवारण सम्बन्धी स्थानीय नीति कानुन मापदण्ड नियमन र अध्ययन अनुसन्धान गर्ने ।
  • लक्षित समूह सम्बन्धी नगरपालिकाको योजना कार्यक्रम स्रोत परिचालन र व्यवस्थापन गर्ने
  • सामाजिक सुरक्षा सम्बन्धी तथ्याङ्क र सूचना व्यवस्थापन सबै वडामा गर्ने ।
  • गरिब घरपरिवार पहिचान सम्बन्धी स्थानीय सर्वेक्षण सूचना व्यवस्थापन गर्ने ।
  • मासिक रूपमा वडा बाट व्यक्तिगत घटना दर्ता विवरण लिने ।
  • वार्षिक रुपमा सम्पूर्ण व्यक्तिगत घटना दर्ता विवरण विभागलाई पठाउने ।
  • चौमासिक रूपमा प्रत्येक वडाका कर्मचारीलाई तालिम सञ्चालन गर्ने ।

ग. उद्योग तथा व्यवसाय प्रवर्धन :

  • बजार तथा हाट बजार व्यवस्थापन गर्ने ।
  • स्थानीय बस्तुहरूको उत्पादन आपूर्ति तथा निकासी प्रक्षेपण मूल्य निर्धारण र अनुगमन गर्ने ।
  • व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण गर्ने ।
  • स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन गर्ने ।
  • स्थानीयस्तरका व्यापारिक फर्मको दर्ता अनुमति नवीकरण खारेजी अनुगमन गर्ने ।

, पशु सेवा शाखा:

  • कृषि तथा पशुजन्यक्षीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण गर्ने ।
  • पशुनश्ञ सुधार पद्धतिको विकास र व्यवस्थापन गर्ने ।
  • स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन गर्ने ।
  • पशु आहारको गुणस्तर नियमन गर्ने ।
  • पशुपक्षी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली प्रयोग गर्ने ।
  • पशुपक्षी सम्बन्धी बिमा र कर्जा सहजिकरण गर्ने ।
  • पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य गर्ने ।

१०. कृषि सेवा शाखाः

  • कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण व्यवस्थापन र परिचालन गर्ने ।
  • कृषकहरूको क्षमता अभिवृद्धि प्राविधिक सेवा टेवा सीप विकास र सशक्तिकरण गर्ने।
  • कृषि बिउविजन नश्ल मलखाद र रासायनिक मल आपूर्ति उपयोग गर्ने ।
  • कृषक समूह कृषि सहकारी र कृषि सम्बन्धी सङ्घ संस्थाहरूको समन्वय व्यवस्थापन नियमन गर्ने ।
  • कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण गर्ने ।
  • कृषि सम्बन्धी सूचना प्रचार प्रसार गर्ने ।

11. रोजगार सेवा केन्द्र

  • स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्यांक संकलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने
  • सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र वितरण गर्ने
  • स्थानीय तहभित्र उपलब्ध रोजगारीका अवसरहरुको पहिचान गरी सोको सूचना प्रवाह गर्ने
  • स्थानीय तह भित्रको रोजगारीको सम्भाव्य स्थिति विश्लेषण गरी रोजगारीको तथ्यांक संकलन गर्ने रोजगार नक्सांकन गर्ने तथा रोजगारीका अवसरको अभिलेखकन गर्ने
  • रोजगारदाताका लागि श्रमिकको उपलब्धताको सम्भाव्यता जानकारी गराउने
  • रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने
  • बेरोजगारहरूको ज्ञान, सीप, अनुभव, क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालिमको पहिचान गरी सम्बन्धित तालिम केन्द्रमा सिफारिस गर्ने
  • आफ्नो कामकारबाहीको बारेमा नियमित रुपमा सम्बन्धित नगर कार्यपालिकामा प्रतिवेदन गर्ने
  • ऐन तथा यस नियमावली बमोजिम आफूले गरेका काम कारबाहीको सम्बन्धमा मन्त्रालयले तोकेको ढाँचामा मन्त्रालय र प्रदेशको रोजगारी सम्बन्धी विषय हेर्ने मन्त्रालयमा मासिक रुपमा प्रतिवेदन पठाउने
  • आफ्नो कार्यक्षेत्रभित्रबाट वैदेशिक रोजगारीमा जान चाहनेका लागि सूचना सम्प्रेषण गर्ने
  • वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट उपलब्ध गराइने आर्थिक सहायता वितरण सम्बन्धी कार्यमा सहयोग पुर्याउने
  • रोजगार सम्बन्धी सरोकारवालालाई आवश्यक अन्य सेवा प्रदान गर्ने ।

 

नगर कार्यपालिकाको कार्यालयको विस्तृत जानकारी, सेवा, आवश्यक कागजात तथा सम्पर्क व्यक्तिको बारेमा जानकारी प्राप्त गर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला । 

 http://38.242.128.32:7080